काठमाडौं वरिपरिका एमाले उम्मेदवार यी हुन्

काठमाडौं वरिपरिका एमाले उम्मेदवार यी हुन्

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले काठमाडौं जिल्लाका ११ नगरपालिकाका उम्मेदवारको टुंगो लगाएपछि अहिले धमाधम उम्मेदवारी मनोनयन भइरहेको छ । एमालेले जिल्लाका ११ वटा नगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवारको टुंगो आज लगाएको हो ।

महानगरपालिकाको उम्मेदवारी हिजो राति तय गरिएको हो । जसअनुसार केशव स्थापित मेयर र सुनिता डंगोलले उपमेयरमा उम्मेदवारी दर्ता गराइसकेका छन् ।

कागेश्वरी मनहरा नगरपालिकाको प्रमुखमा रामशरण ढुंगाना र उपप्रमुखमा शान्ता थापालाई टिकट दिइएको छ । यस्तै कीर्तिपुरमा मेयर केशरत्न ब्रजाचार्य र उपमेयर बिन्दु महर्जन, गोर्कणेश्वरको प्रमुखमा उद्धव विष्ट र उपप्रमुखमा सान्नानी लामालाई उम्मेदवार बनाइएको छ ।

एमालेले चन्द्रगिरिको मेयरमा उत्तमबहादुर राउत र उपमेयरमा बसन्ती श्रेष्ठ, टोखाको प्रमुख प्रकाश अधिकारी, उपप्रमुखमा ज्ञानमाया डंगोल, तारकेश्वरमा मेयर रामेश्वर बोहोरा र उपमेयरमा भवानी डोटेललाई उठाएको छ ।

यस्तै, दक्षिणकालीमा मेयर श्रीराम आचार्य र उपमेयरमा इन्दिरा पौडेल न्यौपाने, नागार्जुनको प्रमुखमा नन्दनहरि गौतम, उपप्रमुख सुशीला अधिकारी, बूढानीलकण्ठ मेयरमा मिठाराम अधिकारी, उपप्रमुखमा अनिता लामालाई एमालेले उम्मेदवार बनाएको हो । शंखरापुर नगरपालिकाको मेयरमा कृष्ण बजगार्इं र उपमेयरमा लक्ष्मी केसीलाई उठाइएको छ ।

टिप्पणीहरू