काठमाडौंमा एमालेको,ललितपुरमा काँग्रेसको जुलुश,आचारसंहितामा अचार

काठमाडौंमा एमालेको,ललितपुरमा काँग्रेसको जुलुश,आचारसंहितामा अचार

केही बेरअघि काठमाडौंमा एमालेले निकालेको जस्तै जुलुश ललितपुरमा नेपाली काँग्रेसले भर्खर निकालेको छ । ३० गते हुने स्थानीय तहको निर्वाचननिम्ति उम्मेदवारी दर्ता गर्ने प्रयोजनको लागि निर्वाचन कार्यालयतर्फ जाने क्रममा जुलुश निकालिएको हो ।

ललितपुरको मेयरमा उम्मेदवार बनेका काँग्रेसका चिरिबाबु महर्जनलगायत उपमेयर,वडाध्यक्ष र वडा सदस्यहरु र कार्यकर्ता जुलुशसहित जिल्ला निर्वाचन कार्यालय पुगेका छन् । उनीहरु उम्मेदवारी दर्ताका लागि बाजागाजा र पार्टीको झण्डा, पम्प्लेट बोकेर गएका हुन् । यसअघि काठमाडौं महानगरपालिकामा उम्मेदवारी दर्ता गर्न एमाले प्रत्यासी केशव स्थापित र सुनिता डंगोल त्यसैगरी सभागृह छिरेका थिए ।

यता निर्वाचन आयोगले भने उम्मेदवारी दर्ता गर्न जाँदा पार्टीको धेरै वटा झण्डा र प्रचार सामाग्री नबोक्न भनेको थियो । तर आयोगको निर्देशन राजधानीमै दुई ठूला दलले आजैका दिनदेखि उल्लंघन गरेका छन् ।

टिप्पणीहरू