‘भ्रष्टाचार गर्नु आमाको रगत पिउनु सरह’ : राप्रपाका मेयर उम्मेदवार

‘भ्रष्टाचार गर्नु आमाको रगत पिउनु सरह’ : राप्रपाका मेयर उम्मेदवार

राष्ट्रिय प्रजातन्त्र पार्टीले वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई काठमाडौं महानगरपालिकाको मेयर पदमा उठाएको छ ।

उम्मेदवारी दर्ता गरेपछि श्रेष्ठले भने, ‘आफ्नो पार्टीले भ्रष्टाचार गर्नुलाई आमाको रगत पिउनु सरह ठानेकाले त्यसलाई आफूले शिरोधार्य गर्दै मेयरमा जिते महानगरपालिकालाई भ्रष्टाचारमुक्त गराउँछु ।’

राप्रपाले काठमाडौं महानगरपालिकाको उपमेयरमा भने विनिता मगैयालाई उम्मेदवार बनाएको छ ।

टिप्पणीहरू