बालुवाटारमा सहमति, पालिकैपिच्छे असहमति

बालुवाटारमा सहमति, पालिकैपिच्छे असहमति

नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले सत्ता गठबन्धनका पाँच दलका शीर्ष नेताबीच बालुवाटारमा भएको सहमतिको ठाडो उल्लंघन गरेको भन्दै आज बिहान बालुवाटारमा नेताहरुवीच चर्काचर्की भएको छ ।

स्थानीय तहको निर्वाचनका निम्ति आज भएको उम्मेदवारी मनोनयनमा काँग्रेसले अन्य दललाई छाड्ने सहमति भएका कतिपय नगरपालिका र गाउँपालिकामा बागी उम्मेदवार उठेका छन् ।

त्यसरी बागी उठ्नेमा स्थानीय तहका नेताहरु भएको बताइएको छ । राजधानीसँग जोडिएको काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकामा उम्मेदवारबारे गरिएको सहमति मसी सुक्न नपाउँदै काँग्रेसका नगर सभापतिले उल्लंघन गरेका हुन् । उक्त नगरपालिकाको अध्यक्ष नेकपा एकीकृत समाजवादीको भागमा परेको थियो ।

तर आज दिउँसो काँग्रेस धुलिखेल नगर सभापति बिदुर बस्नेतले एकीकृत समाजवादीका उम्मेदवारको विरुध्दमा बागी उम्मेदवारी हालेका हुन् । यता ललितपुरको महालक्ष्मीस्थान नगरपालिकामा पनि त्यसै गरिएको बताइएको छ । उता, प्युठान, बागलुङलगायतका जिल्लामा पनि काँग्रेसले सहमतिविरुध्द उम्मेदवारी दिएको आरोप छ ।

टिप्पणीहरू