श्रममन्त्री श्रेष्ठलाई भ्याइनभ्याइ
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली भोलि मलेसिया जान लागेको छ । यसअघि युएई गएर फर्केको मन्त्रीको टोली भोलि फेरि अर्को श्रम गन्तव्य मुलुक जान लागेको हो ।
युएई जाँदा मन्त्रीको टोलीले सेसेल्स र कतारको समेत भ्रमण गरेको थियो । त्यतिबेला मन्त्रीको टोली ९ दिनको विदेश सयरपछि स्वदेश फर्केको हो ।
चार दिने मलेसिया भ्रमणमा जानुअघि आज दिउँसो उहाँले नेपालका लागि मलेसियाका कार्यवाहक राजदूत मोहम्मद फ्याजलसँग भेटवार्ता गर्नुभएको हो । कार्यवाहक राजदूत फ्याजलले मन्त्री श्रेष्ठको मलेसिया भ्रमण र त्यसका एजेण्डाबारे छलफल गरेको बताइएको छ । मन्त्रीको टोलीमा सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, उपसचिव डा. थानेश्वर भुसाल छन् ।
टिप्पणीहरू