प्रदर्शनीमार्गमा बसेका हाकिमहरुको बैठक सकियो

आगामी वैशाख ३० गते हुने स्थानीय चुनावको सुरक्षाका निम्ति बसेको बैठक सकिएको छ । काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहको मुख्य निर्वाचन आयोगको कोठामा बसेको बैठक एकछिन अघि मात्र सकिएको हो ।

आसन्न निर्वाचनको सुरक्षा व्यवस्थापनका लागि बसेको बैठकमा मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडा,नेपाली सेनाका प्रमुख सेनानी बरुण केसी,सशस्त्र प्रहरी बलका कामु वरिष्ठ उपरीक्षक (एसएसपी) नरेन्द्र सेन,एसएसपी रविन भुजेलको उपस्थिति थियो । त्यसैगरी,ट्राफिक एसएसपी उमेशराज जोशी र प्रजेश हमाललगायत एक दर्जनले सहभागिता जनाएका थिए ।

टिप्पणीहरू