सुम्निमाको बिहेका निम्ति राहुल गान्धी काठमाडौंमा
म्यानमारका लागि पूर्व नेपाली राजदूत भीम उदासकी छोरीको विवाहमा सरिक हुन भारतीय काँग्रेस आईका नेता राहुल गान्धी काठमाडौं आएका छन् । अमेरिकाको केबुल न्युज नेटवर्क सीएनएनको नयाँ दिल्ली संवाददाता रहिसकेकी सुम्निमाको बिबाहमा सहभागी हुन उनी काठमाडौं आइपुगेका हुन् ।
बिबाह कार्यक्रम आगामी बिहीबार काठमाडौंको हायात होटलमा हुँदैछ । सुम्निमा नयाँ दिल्लीमा रहँदा राहुल र सुम्निमा निकट साथी थिए । भारतका भूतपूर्व प्रधानमन्त्रीद्वय इन्दिरा गान्धीका नाति तथा राजीव गान्धीका छोरा राहुल काँग्रेस अध्यक्ष सोनिया गान्धीका छोरा हुन् । सोनियाको जन्म विदेशमा भएको भन्दै बिजेपीले उछित्तो काढेकाले उनी प्रधानमन्त्री बन्न नपाएकी हुन् । उनी इटालीमा जन्मेकी थिइन् ।
यता छोराले पनि आमाको नियति भोग्नुपर्ने अनुमान लगाउँदै राहुल र सुम्निमा चाहेर पनि थप नजिकिन नपाएको बताइन्छ । सुम्निमाको बिबाह निमा मार्टिन शेर्पासँग हुन लागेको हो । शेर्पाका बाबु आङछिरिङ र आमा जो लोगे हुन् ।
टिप्पणीहरू