बालाजुको क्याम्पसमा आइतबारदेखि गर्मी बिदा
आगामी ३० गते हुने स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर ग्रामीण आदर्श बहुमुखी क्याम्पस तारकेश्वरले गर्मी बिदा दिने भएको छ । क्याम्पसले वैशाख २५ गतेदेखि जेठ ६ गतेसम्म १३ दिन गर्मी बिदा दिन लागेको हो ।
क्याम्पसले उक्त अवधिमा प्रशासनिक कार्य सार्वजनिक बिदाको दिन बाहेक अन्य दिन खुल्ला हुने बताएको छ । प्रशासनिक कार्य बिहान ७ बजेदेखि ११ बजेसम्म खुल्ला रहने आज प्रकाशित सूचनामा उल्लेख छ ।

टिप्पणीहरू