प्रेषण केन्द्रका लागि १८ जनाको नाम छानियो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय प्रेषण केन्द्रको निम्ति १८ जनाको नाम छनोट गरेको छ । मन्त्रालयले केन्द्रको निम्ति नौ जना हेल्थ असिस्टेन्ट र नौ जना स्टाफ नर्सको नाम छनौट गरेको हो ।
हेल्थ असिस्टेण्टका लागि अमृत गुरुङ, आशिष कटेल, विनोद पराजुली, जगदीश भट्ट, लक्ष्मीप्रसाद आचार्य, मनोरमा शिवाकोटी, सुवाष खतिवडा, सुरजकुमार मण्डल र सुभाषकुमार मण्डल छानिएका छन् ।
त्यसैगरी, स्टार्फ नर्समा आरजु खत्री, एलिना श्रेष्ठ, विमला राना, मिना स्याङतान, निलम न्यौपाने, रीता थापा, सपना न्यौपाने, सुजु श्रेष्ठ र सुस्मा लिम्बुको नाम अघि सारिएको छ ।
मन्त्रालयले उनीहरुको अन्तरवार्ता मितिसमेत तोकेको छ । हेल्थ असिस्टेण्टको अन्तर्वार्ता आउँदो जेठ २ गते बिहान ८ बजे र स्टाफ नर्सको सोही दिन साँझ सवा ५ बजे हुँदैछ ।
देशभरका एम्बुलेन्सलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्न सरकारले राष्ट्रिय प्रेषण केन्द्र स्थापना गरेको हो । सोही केन्द्रका लागि तीन जना हेल्थ असिस्टेण्ट र तीन जना स्टाफ नर्स माग गरिएको हो ।
[pdf-embedder url=”https://www.janaaastha.com/wp-content/uploads/2022/05/al.pdf”]
टिप्पणीहरू