बर्षमान र ओनसरी मतदाननिम्ति रोल्पामा
नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्तीले मतदान गरेका छन् ।
स्थानीय निर्वाचनको लागि जन्म गाउँ रोल्पा जिल्लाको रोल्पा नगरपालिका–७ माडीचौरस्थित बालउदय मावि केन्द्रबाट पुन र घर्तीले मतदान गरेका हुन् ।
मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै नेता पुनले निष्पक्ष,स्वतन्त्र र भयरहित वातावरणमा आफूलाई मन पर्ने उम्मेदवारलाई मत हाल्न आग्रह गरेका छन्।
टिप्पणीहरू