उपत्यकाभरि नै खस्यो कम मत,महिलाभन्दा पुरुष पछाडि

उपत्यकाभरि नै खस्यो कम मत,महिलाभन्दा पुरुष पछाडि

काठमाण्डौ उपत्यकाका तीनै जिल्लामा यो पाली सोचेभन्दा कम मतदान भएको छ,जसमध्ये वैदेशिक रोजगार या अन्य के कारणले हो महिलाको तुलनामा पुरुषको सहभागिता जताततै कम देखिएको छ । सुरक्षा फौजको उपत्यकाब्यापी अनुगमनसमेतका आधार मा यस्तो निचोड आएको हो ।

सानो उदाहरणको रुपमा ललितपुर महानगरपालिका वडा नम्बर ४ को तथ्यांक पेश गर्न सकिन्छ । बिहान ७ बजेबाट शुरु भएको मतदान कार्य ‘क’ देखि ‘च’ सम्मका बुथहरुमा अपरान्ह ५ बजे सकिएको थियो ।

कूल पाँच हजार सात सय मतदाता रहेमध्ये उक्त मतदानस्थलमा तीन हजार छ सय तीन मत मात्र खसेको छ । तीमध्ये महिला मतदाताको संख्या धेरै देखियो । जसमा १७ सय १७ पुरुष र १८ सय ८६ जना महिला छन् ।

“कूल पाँच हजार सात सय मतदाता रहेमध्ये उक्त मतदानस्थलमा तीन हजार छ सय तीन मत मात्र खसेको छ । तीमध्ये महिला मतदाताको संख्या धेरै देखियो ।”

खसेका मतमध्ये ‘क’ बुथमा ३१३ महिला र २७२ पुरुष,‘ख’ बुथमा महिला २७३,पुरुष ३०६ र ‘ग’ बुथमा महिला २८१ र पुरुष ३१२ सहभागी रहे ।

त्यसैगरी ‘घ’ बुथमा महिला ३३१,पुरुष ३०८, बुथ ‘ङ’ मा महिला ३३७, पुरुष २६३ र बुथ ‘क’ मा महिला ३७४,पुरुष २३४ जनाले भोट हालेका छन् ।उता अछाम,विनायक नगरपालिका ४ कालिकास्थान कुजेडाका मतदान अधिकृत कुलराज जोशीले पाँच सय ७२ जना मतदाताले भोट हालेमध्ये त्यहाँ पनि मतदान गर्ने महिलाको संख्या धेरै रहेको बताए ।

उनका अनुसार दुई सय ५८ पुरुष मतदाताको भोट खस्दा तीन सय १४ महिलाले भोट हालेका छन् ।

टिप्पणीहरू