कर्णालीमा कलमका को को निर्वाचित ?
कर्णाली प्रदेशका केही जिल्लामा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले राम्रो उपस्थिति देखाएको छ । अन्य प्रदेशमा तुलनात्मक रुपमा कमजोर देखिएको समाजवादीले कर्णालीमा भने पालिका अध्यक्ष र उपाध्यक्ष दुई-दुई, १२ वडाध्यक्ष, ५३ वडा सदस्य जितेको हो ।
दैलेख,जुम्ला, जाजरकोटका अधिकांश गाउँपालिकामा नेकपा एसका उम्मेदवार विजयी भएका छन् । दैलेखको नौमुले गाँउपालिकामा उपाध्यक्षका उम्मेदवार गङाबहादुर शाही भारी मतका साथ विजयी भएका छन् । त्यसैगरी, सोही पालिकाको वडा नं ५ मा अध्यक्ष कृष्ण सलामी, वडा नं ८ मा दिपक हमालले जितेका हुन् ।
यता,भगवतीमाई गाँउपालिकाको वडा नं १ बाट इन्द्रबहादुर थापा, वडा नं २ बाट दिपक रावत, वडा नं ५ बाट कृष्णबहादुर शाही निर्वाचित भएका छन् । जुम्लाको हिम गाँउपालिका वडा नं २ बाट हरिबहादुर रोकाय र कनकासुन्दरी वडा नं ७ बाट तेजबहादुर जिसीले विजय हासिल गरेका छन् ।
त्यसैगरी, जाजरकोट छेडागाड नगरपालिका वडा २ मा वडाध्यक्ष बालकृष्ण बुढा निर्वाचित भएका छन् । कुशे गाउँपालिका वडा नं ३ को वडाध्यक्ष वीरबहादुर बुढाले पाएका छन् । कालिकोटको सन्नी त्रिवेणी गाँउपालिकाको वडा नं ३ को वडाध्यक्षमा नेकपा एसकै उम्मेदवार रंगलाल देवकोटा आएका छन् ।
सल्यानको शारदा नगरपालिका वडा नं ९ को वडाध्यक्षमा हेमेन्द्र बुढाथोकीसहितको प्यानल अग्रस्थानमा देखिएको छ । नगरप्रमुख र उपप्रमुखमा पनि नेकपा एसकै उम्मेदवारको अग्रता रहेको छ ।
डोल्पाको ठूलीभेरी नगरपालिका वडा नं ८ मा वडाध्यक्ष मनराम ठकुल्लासहितको प्यानल विजयी भएको छ ।
टिप्पणीहरू