एमालेको अवरोधप्रति रवि लामिछानेको आक्रोश

एमालेको अवरोधप्रति रवि लामिछानेको आक्रोश
सुन्नुहोस्

नेकपा एमालेले गरेको लगातारको संसद अवरोधप्रति राष्ट्रिय स्वतन्त्र पार्टीले असन्तुष्टी जनाएको छ ।

सो पार्टीका सभापति रवि लामिछानेले लगातारको संसद अवरोधले जनताका मुद्दा ओझेलमा परेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनले संसद चल्न नदिएर प्रमुख प्रतिपक्ष दल एमालेले सत्ता पक्षसंग बार्गेनिङ्ग गरेको आरोपसमेत लगाए । 

एमालेकै कारण आजका लागि निर्धारित प्रतिनिधिसभा बैठक स्थगित भएपछि लामिछानेले फेसबुकमा लेखेका छन्,‘वर्षौंदेखि देशलाई कसरी प्यारलाईज्ड गरिएको रहेछ भन्ने राम्ररी बुझ्दैछौं । कयौं कानुन बनाउनु पर्नेछ, कयौं कानुनमा संशोधन आवश्यक छ । जन सरोकारका कयौं मुद्दामा छलफल र निर्णय गर्नु छ । तर संसद चल्दैन, बार्गेनिङ चल्छ, मात्र बार्गेनिङ, दुःखद ।’

यस्तै रास्वपाकी सांसद तोसिमा कार्कीले पनि संसद नचलेकोप्रति चर्को असन्तुष्टी जनाएकी छन् । 'सदन चल्छ भनि बोलाउने | अनि फेरी बन्द गर्ने । एक दिन हैन, दुई दिन हैन । पटक पटक यस्तै', उनको प्रश्न छ, 'सदन कसको हो ? जनताको होईन ? कसको लागि हो ?' 

प्रतिपक्षले सरकारलाई प्रश्न सोध्ने ठाउँ सदन चल्न नदिएर एमालेले गलत गरिरहेको उनको भनाई छ ।

टिप्पणीहरू