प्रभु साहका कार्यकर्ताको नाराबाजी ‘राजश्व लुट्न पाईंदैन’
प्रभु साह नेतृत्वको आम जनता पार्टीका कार्यकर्ताले त्रिपुरेश्वरमा नाराबाजी र प्लेकार्ड प्रदर्शन गरेका छन् । उनीहरुले हिजोझैँ आज पनि त्रिपुरेश्वरस्थित केन्द्रीय भन्सार कार्यालय अगाडिको मुख्य गेटमा विभिन्न नारा लेखिएको प्लेकार्ड बोकेर धर्ना दिएका हुन् ।
पार्टी निकट आम सम्पर्क मञ्चको आयोजनामा भएको धर्नामा भन्सार नियमावलीबाट ४५ प्रतिशत कथित पुरस्कारको लुटकारी प्रावधान हटाउनुपर्ने माग गरिएको छ । पार्टी स्थायी कमिटी सदस्य तथा आम सम्पर्क मञ्चका इञ्चार्ज बिल्टुप्रसाद यादवको नेतृत्वमा झण्डै एक दर्जनले ब्यानर, प्लेकार्ड र पार्टी झण्डाहरु प्रदर्शन गर्दै नारा लगाएका हुन् ।
दिउँसो १ बजेदेखि शुरु धर्नामा बोकिएको प्लेकार्डमा ४५ प्रतिशत पुरस्कारको लुटकारी व्यवस्था खारेज गर, राजश्व लुट्न पाईंदैन, ४५ प्रतिशत पुरस्कार चाहिँदैन, दलतन्त्र मुर्दावाद लेखिएको छ ।
टिप्पणीहरू