संघीयता बलियो बनाउन सातवटै प्रदेशका मुख्यमन्त्रीहरु एकै ठाउँमा भेला
सात वटै प्रदेशका मुख्यमन्त्रीहरु आज हेटौँडामा भेला भएका छन् । बागमती प्रदेश सरकारले आयोजना गरेको तहगत अधिकारको कार्यविस्तृतिकरण सम्बन्धी संगोष्ठीला लागि मुख्यमन्त्रीहरु एकै ठाउँमा भेला भएका हुन् ।
संविधानमा व्यवस्था भएको प्रदेश र स्थानीय सरकारको अधिकारका बाँडफाँडमा समस्या देखिएको र संविधान कार्यान्वयनका लागि छलफल गर्न मुख्यमन्त्रीहरुलाई बोलाइएको बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयले जनाएको छ ।
उक्त संगोष्ठीमा तीनै तहका सरकारको साझा अधिकारको विस्तृतीकरण र कानुन निर्माण प्रक्रिया, बित्त-आर्थिक विकास क्षेत्र, सेवा क्षेत्र, पूर्वाधार क्षेत्र र वन वातावरण तथा विपत् व्यवस्थापन क्षेत्रको बारेमा कार्यपत्र प्रस्तुतीसँगै छलफल हुने बताइएको छ ।
भोली (शुक्रवार) सम्म चल्ने कार्यक्रममा प्रदेशका प्रमुख सचिव, मुख्य न्यायधिवक्ता, गाउँपालिका राष्ट्रिय महासङ्घ, नेपाल नगरपालिका सङ्घका पदाधिकारीहरूको पनि सहभागिता रहनेछ ।
टिप्पणीहरू