माननीय नपाएको राप्रपालाई निर्विरोध सभामुख
सत्तारुढ गठबन्धनसँग तालमेलका लागि गरेको प्रयास असफल भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रिय सभा निर्वाचनमा एक्लै प्रतिष्पर्धामा उत्रिएको छ ।
मतभारमा निकै कमजोर रहेको पूर्वपञ्चहरुको पार्टी राप्रपाले सत्ता गठबन्धनसँग एक सिट मागेको थियो । तर, त्यसअनुसार सहमति हुन नसकेपछि उसले १९ मध्ये ९ सिटमा उम्मेदवारी दिने पक्का भएको हो ।
एमालेसँग मिलेर पनि चुनाव नजितिने प्रष्ट गणित रहेकाले राप्रपाले एक सिट लिने गरी गठबन्धनसँग तालमेलका लागि छलफल गरेको थियो । अध्यक्ष राजेन्द्र लिङ्गदेन देश बाहिर रहेकाले वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई गठबन्धनका शीर्ष नेताहरुसँग वार्ता गर्ने जिम्मा थियो ।
तामाङले कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई छुट्टाछुट्टै भेटेर कुराकानी पनि गरे । शुरुमा देउवासँग भेटेका उनले 'ठीक छ प्रधानमन्त्रीसँग सल्लाह गर्नुस्' भन्ने जवाफ पाए । प्रधानमन्त्रीले पनि 'ठीकै छ गठबन्धनमा सल्लाह गरौंला' भने पनि गठबन्धनका दलहरुले आपसमा भागबण्डा मिलाएपछि राप्रपाले सिट पाएन ।
गठबन्धन र प्रतिपक्ष एमालेले सभामुखमा उम्मेदवारी नदिने पक्का भएकाले आफ्नो दलले अघि सार्ने उम्मेदवार निर्विरोध हुने ती नेताको दावी छ ।
त्यसपछि हिजो बसेको सो पार्टी कार्य सम्पादन समितिको बैठकले एक्लै चुनावमा जाने निर्णय गर्दै ९ जनाको नाम टुंगो लगाएको हो । जसअनुसार कोशी प्रदेशमा उद्धव पौडेल उम्मेदवार बनेका छन् । बागमती प्रदेशमा हेमजंग गुरुङ,नानु नगरकोटी, भरतमणि भट्ट र पूर्णबहादुर विश्वकर्मा उठेका छन् ।
गण्डकीमा गौमाया श्रेष्ठ र रोमबहादुर भण्डारी, लुम्बिनीमा निरञ्जन थापा र विजयलक्ष्मी सिंहले उम्मेदवारी दिएका छन् । राप्रपाले सबै ठाउँमा उम्मेदवारी दिन चाहे पनि केही प्रदेशमा समर्थक र प्रस्तावक नपाएकाले समस्या परेको बताइएको छ ।
योसँगै कोशी प्रदेशमा सभामुख र दुई वटा मन्त्री लिएर सत्तारुढ गठबन्धनमा सामेल हुने राप्रपाको तयारीसमेत तत्कालका लागि अन्त्य भएको बताइन्छ । यसअघि सत्ता गठबन्धनका तर्फबाट राप्रपालाई उक्त प्रस्ताव गरिएको थियो ।
राप्रपाका एक नेताका अनुसार कोशीको सभामुख र दुइटा मन्त्री दिने गठबन्धनको प्रस्ताव अहिलेसम्म ठोस रुपमा अगाडि बढेको छैन । तथापि सरकार गठनका लागि बहुमत पुर्याउन 'भ्यागुताको धार्नी' पर्ने अवस्थाले गठबन्धन र प्रतिपक्ष एमालेले सभामुखमा उम्मेदवारी नदिने पक्का भएकाले आफ्नो दलले अघि सार्ने उम्मेदवार निर्विरोध हुने ती नेताको दावी छ ।
गठबन्धनमा सहमति नभए पनि सभामुखमा दमकका अमर बिष्टलाई उम्मेदवार बनाउने राप्रपाको तयारी छ ।
टिप्पणीहरू