प्रधानमन्त्री प्रचण्ड अर्घाखाँचीमा
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अर्घाखाँची पुग्नुभएको छ । उहाँ नेपाली सेनाको हेलिकोप्टर एनए ०५४ अल्टिच्युडमा काठमाडौंबाट मध्यान्ह त्यहाँ पुग्नुभएको बताइएको छ ।
उहाँ अर्घाखाँचीमा पर्यटन, आर्थिक विकास र स्थानीय रोजगारीका लागि आयोजित पर्यटन प्रवद्र्धन कार्यक्रम २०८० को उद्घाटनका लागि त्यहाँ जानुभएको हो ।
प्रधानमन्त्रीसँगै हेलिकोप्टरमा नेपाली काँग्रेसकी नेतृ पुष्पा भुसाल, नेकपा माओवादी केन्द्रकी नेतृ पम्फा भुसाल, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरसहित नौ जना गएका हुन् ।
टिप्पणीहरू