निर्माण व्यवसायी संघको नवनिर्वाचित पदाधिकारीद्धारा पदभार ग्रहण

निर्माण व्यवसायी संघको नवनिर्वाचित पदाधिकारीद्धारा पदभार ग्रहण
सुन्नुहोस्

निर्माण व्यवसायीहरुको पेशागत संगठन नेपाल निर्माण व्यवसायी संघ, सिराहाको जिल्ला कार्यसमितिमा निर्वाचित पदाधिकारीहरुले आज पदभार ग्रहण गरेका छन् । 

आज लहानमा आयोजित एक कार्यक्रममार्फत उनीहरुले कार्यभार सम्हालेका हुन् । संघको पुस ७ गते भएको जिल्ला कार्यसमितिको निर्वाचनबाट अजयबहादुर राउतकाे  अध्यक्षतामा नयाँ कार्यसमिति चुनिएको थियो ।

 कार्यसमितिको उपाध्यक्षमा अमरनाथ साह, प्रथमलाल चौधरी र महासचिवमा कमलप्रसाद यादव छन् । त्यस्तै, सचिवमा अजय जयसवाल, कोषाध्यक्षमा सुरजकुमार ढकाल, सहकोषाध्यक्षमा कृष्णप्रताप सिंह, सदस्यहरुमा प्रदिपकुमार यादव, बिन्दुकुमारी यादव, मन्टुन चौधरी, सन्तोषकुमार साह, फुलगेन सिंह र प्रमोदकुमार सिंह निर्वाचित भएका छन् ।

टिप्पणीहरू