मध्यरातदेखि प्रचारप्रसार बन्द
निर्वाचन आयोगले आज रातिदेखि राष्ट्रियसभा सदस्य निर्वाचन प्रचारप्रसार नपाइने जनाएको छ । मध्यरात १२ बजेदेखि मतदान कार्य सम्पन्न नहुन्जेलसम्मका लागि प्रचारप्रसार निषेध गरिएको छ ।
बिहीबार हुने मतदानको अन्तिम क्षणसम्म राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृ सङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाउने छैनन् ।
त्यस्तै कुनै पनि माध्यमबाट मत माग्न, निर्वाचन प्रचारप्रसार गर्न पाईंदैन । सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै प्रचार प्रसारको माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा सेयर गर्न, गराउन नहुने बताइएको छ ।
राष्ट्रियसभामा रिक्त १९ जना सदस्यको निम्ति माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुँदैछ । एक जना राष्ट्रपतिबाट मनोनीत हुनेछन् ।
टिप्पणीहरू