सान्सी टेलिभिजनले नेपालबारे सकारात्मक प्रचार गर्दै

सान्सी टेलिभिजनले नेपालबारे सकारात्मक प्रचार गर्दै
सुन्नुहोस्

नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री माननीय लिला गिरीसँग चीनको सान्सी टेलिभिजनको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।

सान्सी प्रान्तको सान्सी टेलिभिजनका स्टेसन अफिसर तथा अध्यक्ष यूजी टोलीले भेटघाट गरेको हो । युजीका दुई सन्तान लुम्बिनी बौद्ध विश्वविद्यालयको देवदहस्थित प्रशासनिक भवनमा नेपाली विद्यार्थीलाई चिनियाँ अध्यापनमा सहजीकरण गर्दै आएका छन् । 

उनका सानो छोरा ह्यारी कक्षा ११ मा अध्ययनरत छन् । उनले केही सिक्न बुद्ध जन्मस्थल लुम्बिनी आएको बताए । अर्का छोरा लियो अमेरिकाको न्यूयोर्क विश्वविद्यालयमा स्नातक तहमा अर्थशास्त्र र गणित विषयमा अध्ययन गर्छन् । 

उनी पनि अहिले बिदामा लुम्बिनी आएका छन् । दुबैजनाले चिनियाँ भाषा अध्यापनमा सहजीकरण गरिरहेको चिनियाँ भाषा विज्ञसमेत रहेका डा.सागर न्यौपानेले जानकारी दिए । 

पत्रकार युजीले नेपालमा कृषि र पर्यटनमा प्रचूर सम्भावना रहेको बताइन् । आफ्नो मिडियाले यसको विकासमा सक्दो प्रयासका लागि चीनमा प्रचार प्रसार गर्ने प्रतिबद्धता जनाइन् ।

टिप्पणीहरू