भूतपूर्व उपराष्ट्रपतिको निवास र गुठी संस्थानमा कालो ब्यानर

भूतपूर्व उपराष्ट्रपतिको निवास र गुठी संस्थानमा कालो ब्यानर
सुन्नुहोस्

भूतपूर्व उपराष्ट्रपति नन्दकिशोर पुनको निजी निवासमा कालो ब्यानर टाँगिएको छ । भ्रष्टाचारविरुद्ध जनएकता अभियानअन्तर्गत नेकपा (बहुमत) ले पुनको थानकोटस्थित बंगला निर्माणको स्रोत के हो ? भन्दै पर्खालमा कालो ब्यानर झुण्डाएको छ ।

ब्यानरमा ‘जनयुद्धका फौजी कमाण्डर र देशको उपराष्ट्रपति बनेका व्यक्तिको सुविधासम्पन्न बंगला निर्माण गर्ने स्रोत के हो ?’ लेखिएको छ । नेकपा (बहुमत) ले २०४६ यताका देशका राष्ट्र प्रमुख, सरकार प्रमुखलगायत विशिष्ट व्यक्तिहरुको सम्पत्ति छानबिन गर्न दबाबस्वरुप कालो ब्यानर टाँगेको जनाएको छ ।

सोही अभियानअन्तर्गत नेकपा (बहुमत) २ नम्बर ब्यूरोले जनकपुरधामस्थित गुठी संस्थानमा पनि कालो ब्यानर झुण्डाएको छ ।

टिप्पणीहरू