अबको १० वर्षपछि राज्यले वृद्ध भत्ता दिन नसक्ने मन्त्रीको दाबी

अबको १० वर्षपछि राज्यले वृद्ध भत्ता दिन नसक्ने मन्त्रीको दाबी

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अबको १० वर्षपछि सरकारले वृद्ध भत्ता दिन नसक्ने बताएका छन् ।

गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भत्ता बाँड्ने भन्दा रोग लाग्ने नदिनेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । अबको २० वर्षभित्र ५० वर्ष माथिको जनसंख्या बढ्ने दाबी गर्दै उनले त्यो अवस्थामा राज्यले वृद्धभत्ता दिन नसक्ने बताए ।

 समाजमा अहिले को मान्छे बिरामी हुन्छ र सुविधाका बारेमा बोल्न पाइन्छ भनेर पर्खिएजस्तो देखिने गरेको भन्दै मन्त्री पौडेलले उपचारात्मक भन्दा निरोधात्मक पद्धतिमा चासो राख्न आग्रह गरे । 

'यसरी नै जाने हो भने नेपालमा २० वर्षभित्र ५० वर्षभन्दा माथिको संख्या बढी हुन्छ । त्यो एक्टिभ पनि हुन सक्दैन, त्यो निरोगी पनि हुन सक्दैन । अब मलाई कति साथीले यस्तो कुरा नबोल्न भन्छन्, अब १० वर्षपछि राज्यले वृद्धभत्ता दिनै सक्दैन । त्यसैले मान्छेलाई रोग लाग्न नदिने कुरामा हामीले केही गर्न जरुरी छ', उनले भने ।

मन्त्री पौडेलले अस्पतालहरुले स्वास्थ्य चेतना विस्तार गर्न आवश्यक रहेकोमा पनि जोड दिएका छन्

टिप्पणीहरू