एसईईमा २.८ देखि ३.२ जिपिए ल्याउने विद्यार्थी धेरै

एसईईमा २.८ देखि ३.२ जिपिए ल्याउने विद्यार्थी धेरै

माध्यमिक शिक्षा तह (एसईई)को नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परिक्षा बोर्डले केहीबेर अघि नतिजा सार्वजनिक गरेको हो ।

यस वर्षको परिक्षामा चार लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएकोमा ६१.८१ प्रतिशत विद्यार्थी पास भएका छन् । जसमा ४८ हजार १७७ विद्यार्थीले ३.६ देखि ४ जिपिए ल्याएका छन् । भने,  ८१ हजार ३५५ विद्यार्थीले ३.२ देखि ३.६ जिपिए, ९९ हजार १२४ जनाले २.८ देखि ३.२ जिपिए र ४८ हजार ४७९ जनाले २.४ देखि २.८ जिपिए  ल्याएका छन् । त्यस्तै, २ जिपिएभन्दा कम ल्याउने चार हजार १३४ जना छन् । 

नन ग्रेडड विद्यार्थीहरूको लागि साउन २९ गतेदेखि मौका परीक्षा सुरु हुने बोर्डले जनाएको छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली गत वर्षको तुलनामा यस वर्षको नतिजामा सुधार आएको भन्दै खुशी व्यक्त गर्नुभएको छ । सरकारको मेहनतले नतिजामा सुधार आएको उहाँको दावी छ ।

 ‘गतवर्ष  ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ग्रेड प्राप्त गर्नु भएको थियो भने ५२.१४ प्रतिशत परीक्षार्थी नन ग्रेडेड रहनु परेको थियो’, उहाँले समाजिक सञ्जालमा लेख्नुभएको छ, ‘बितेको वर्षमा नतिजा सुधार गर्न हामीले गरेको मेहनत काम लागेको छ, ग्रेड नपाउने विद्यार्थीहरुले पनि यसलाई नै अन्तिम परिक्षा नठान्नु होला, सफलताको अर्को दिन पनि आउने छ।’

यसरी हेर्न सकिन्छ नतिजाः


 

टिप्पणीहरू