पालिकाको बजेटमा असहमति जनाएकी एमाले उपमेयर निलम्बित
गुल्मीको मुसिकोट नगरपालिकाकी उपप्रमुख तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य गंगा श्रेष्ठलाई पार्टीले एक वर्षका लागि सदस्यताबाट निलम्बन गरेको छ । पालिकाको बजेटमा मेयरसँग असहमति जनाएपछि उनीमाथि पार्टीले कारबाही गरेको हो ।
एमाले जिल्ला कमिटी पदाधिकारी बैठकले अनुशासन उल्लङ्घनको आरोपमा कारबाही गरेपछि उनको सदस्यता एक वर्षका लागि निलम्बन भएको जनाइएको छ । श्रेष्ठलाई असार २९ गते स्पष्टीकरण सोधिएको र असार ३२ गते लिखित जवाफ दिएकी थिइन् ।
श्रेष्ठले भने आफ्नो अधिकार खोज्दा कारबाहीमा परेको प्रतिक्रिया दिएकी छन् ।

टिप्पणीहरू