मुख्यालय प्रवेशमा राेक लगाएपछि सानेपामा लफडा
नेपाली कांग्रेसको सानेपास्थित पार्टी मुख्यालयमा लफडा भएको छ । विशेष महाधिवेशनको पक्षमा रहेका नेताहरुलाई कार्यालय प्रवेशमा रोक लगाइएपछि गेटबाहिर चर्काचर्की भएको हो ।
आज पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्मा समूहले पुष २७ र २८ गते विशेष महाधिवेशनको आह्वान गरेको पृष्ठभूमिका हिजो केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले तल्लो तहका कमिटीलाई ‘विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको’ परिपत्र गरेका थिए ।
आजको कार्यसम्पादन समितिको बैठकमा विवाद समाधानको लागि छलफल हुने बताइन्छ । उक्त छलफल बुझ्न समितिमा नरहेका नेताहरु पनि पार्टी कार्यालय पुगेका छन् । तर उनीहरुलाई भित्र प्रवेश गर्न नदिइएपछि लफडा सिर्जना भएको हो । अहिले कांग्रेस मुख्यालय वरिपरि सुरक्षाकर्मी परिचालन गरिएको छ ।





टिप्पणीहरू