सर्लाहीमा सशस्त्रले ४२ लाखको काठ समात्यो

सर्लाहीमा सशस्त्रले ४२ लाखको काठ समात्यो

सर्लाहीमा काठ तस्करी बढ्दै गएको समाचार आएको केही समयमा नै दुई वटा ट्रकसहित चार जना समातिएका छन् । हिजो हरिवन नगरपालिका ८, नारायणचोकबाट दुई जना चालक, दुई जना सहचालक तथा ट्रकमा ल्याउँदै गरेको काठ सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

नारायणचोकस्थित सुरक्षा बेस हरिवनबाट खटिएको सशस्त्र प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा बिना कागजपत्र सिन्धुलीको क्यानखोलाबाट हरिवनतर्फ ल्याउँदै गरेको ८ सय ४० क्वुविक फिट विभिन्न जातको गोलिया काठसहित उनीहरु पक्राउ परेको सशस्त्र प्रहरी बलका नायव उपरीक्षक दिपेन्द्र थापाले बताउनुभएको छ ।

उहाँका अनुसार पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यलय लालबन्दीमा बुझाइएको छ । उनीहरुको साथबाट ४२ लाखको काठ तथा ६० लाख बराबरको ट्रक गरि करिब १ करोड २ लाख बराबरको सामाग्री बरामद गरिएको पनि नायव उपरीक्षक थापाले जानकारी दिनुभयो ।

टिप्पणीहरू