कारबाही त गर्ने तर कसलाई ?
लहरो तानिँदैछ, पहरा गर्जिने खतरा पनि उत्तिकै छ । एकथरि प्रहरीलाई काखी च्याप्ने र अर्काथरिलाई पाखा पार्ने कामले अन्ततः त्यो बाटोमा जाने सम्भावना बढेको हो ।
सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग– २०८० द्वारा सरकारलाई बुझाइएको प्रतिवेदनले प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोकी एआइजीसहितका अनुसन्धानकर्मीलाई विभागीय कारवाहीका निम्ति सिफारिस गरेको छ । त्यही प्रतिवेदनले अनुसन्धानको सिफारिस गरेबमोजिम पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । तर,…