हिजो मेयरलाई मार्ने धम्की, आज आत्महत्याको प्रयास
धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई मार्ने धम्की दिएका युवकले लगत्तै विष सेवन गरेका छन् । वडा नम्बर ६, मटियारीका २८ वर्षीय गणेश रानाले उपमहानगरको हाताभित्र विष सेवन गरेर आत्महत्याको प्रयास गरेको बताइन्छ ।
अचेत अवस्थामा फेला परेका उनलाई नगरप्रहरीले तत्काल उद्धार गरेर सेती प्रादेशिक अस्पताल पुर्याएको थियो । हाल उनको अवस्था सामान्य रहेको धनगढी उपमहानगरीय प्रहरी बलका प्रमुख नगर प्रहरी निरीक्षक भुपेन्द्र खड्काले बताए ।
उनले भने, ‘मेयरसाबलाई…