राष्ट्रिय सहकारी बैंकका सञ्चालक देवकोटाको सवारी दुर्घटनामा निधन
रुपन्देहीमा ट्रकको ठक्करबाट राष्ट्रिय सहकारी बैंकका सञ्चालक माधव देवकोटासहित दुई जनाको ज्यान गएको छ ।
देवकोटासहित तिलोत्तमा नगरपालिका–२, जानकीनगरकी यादा क्षेत्रीको सवारी दुर्घटनामा आज दिउँसो निधन भएको बताइएको छ । शंकरनगरबाट मोटरसाइकलमा मणिग्राम जाँदै गरेका उनीहरुलाई तिलोत्तमा नगरपालिकाको ड्राईभरटोलमा ट्रकले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरीका अनुसार उद्योग वाणिज्य संघले मणिग्राममा आयोजना गरेको व्यापार मेलामा सहभागी हुन लु.४९ प २२३० नम्बरक…