बुधबार र बिहीबार बालबालिकालाई भिटामिन खुवाइने
सरकारले बैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ती दुई दिन विगतमा झैँ बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागेको बताइएको छ ।
मन्त्रालयका अनुसार ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ । त्यस्तै, १२ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम छ ।
आफ्ना बालबालिकालाई नजिकको महिला सामुदायिक स्वा…