समाचार

तीन टिकट, महाविकट

कल्पना गरौँ त, सोमलाल सुवेदीले मुख्यसचिवको जागिर छाडेर नगएको भए आउने भदौको पहिलो सातापछि निजामती कर्मचारीको सर्वाेच्च पदमा को बहाल हुन्थ्यो होला ? अहिलेका मुख्यसचिव लोकदर्शन रेग्मी सोमलालले बीचैमा धेरै लोभ नगरेको भए सचिवबाटै साउनमा घर गइसकेका हुन्थे । अहिले खुदो यी दुवैलाई पल्टिएको छ । साउनमा घर जानुपर्ने लोकदर्शनले तीन वर्षे पदावधि सक्न पाउने गरी बाँकी २६ महिना (दुई वर्ष दुई महिना) ढलिमली गर्न पाएका छन् । उता, सोमलालले चाहिँ मनिलास्थित एशियाली विकास बैंकको वैकल्पिक…