अचम्मैसँग बिचराको आगमन
आइतबार बिहान अन्तर्राष्ट्रिय विमानस्थलमा अनौठो घटना देखियो । एक जना २२/२३ वर्षे नेपाली युवकलाई लिएर तीन जना अंगे्रजले दोहा हुँदै आएका अध्यागमन अधिकृतसँग भने, ‘यो खराब मानिस हो, जेलबाट निकालेर ल्याएका हौं ।’ उनीहरूले यसो भनेर ती युवकलाई बुझाउँदा एउटा कागज पनि दिए । जसमा निरास मुद्रामा देखिएका युवक नेपाली हुन् भन्ने व्यहोरा लेखिएको थियो । अंग्रेजहरूलाई छाडेर बाटो लागे ।
युवकसँग सोधपुछ गर्दा उनले आफूसँग नेपाली हुनुको कुनै कागजात नभएको बताएपछि अध्यागमन …