सिंहदरबारमा करङ सहिद
सस्तो लोकप्रियताका लागि मानिसले कतिसम्म अराजकतापूर्ण काम गर्छन् भने राणाले बनाइदिएको मुलुकको केन्द्रीय सचिवालयभित्र पश्चिमपट्टिको मूलढोका अर्थात् पृथ्वीनारायण शाहको सालिक भएपट्टि बाहिरैबाट हेर्दा लाग्छ कि कुनै कंकाल झुन्ड्याएर राखिएको छ ।
त्यता उभिएर हेर्ने हो भने हाडजोर्नी विशेषज्ञको कोठाझैं प्रतित हुन्छ सिंहदरबार परिसर जहाँ जताततै करङ र खोपडीका नमुना भित्तामा झुन्ड्याइएका हुन्छन् । सिंहदरबारलाई बाँसको खटले नौ महिनादेखि बाँधेको र प्लास्टिक पालले छोपेर राखेको देखिन्छ । वर्षा शुर…