सीताकै नाम लिएपछि सक्कि गो’ नि !
‘रामलाई थाहा थियो, सीता पवित्र छिन् भन्ने । तर, जनताले शंका गरेपछि अग्नीपरिक्षा नलिई भएन । कांग्रेसले धोका दियो, मेरै ग्रहदशाले पनि काम गरेन । यदि तपाईंहरु भन्नुहुन्छ भने म केही समयलाई जिम्मेवारीबाट अलग भएर बस्न तयार छु ।’ कमल थापाले यति भनेपछि कसले कुरा काट्ने ? त्यसपछि पछिल्तिर बसेकी रोशन कार्कीले थपिन्, ‘सबै ठाउँमा हाम्रो उम्मेदवार उठाऔँ भन्दा मान्नुभएन । अहिले यस्तो समस्या आइलाग्यो ।’
पार्टीमात्र हैन, नेतृत्वलाई पनि संकटमा पार्ने गरी चुनावी परि…