सेनापतिमा सर्लक्कै
सेनामा सामान्यतया प्रहरीजस्तो ठूलो चलखेल हुन पाउँदैन । सेना प्रमुख बन्नेमा को पछि कसको पालो आउँछ भनेर राजाको पालादेखि नै एउटा सिष्टम बनेको छ । यदाकदा गडबडी हुनु बेग्लै कुरा ! नेपाल प्रहरीमा पनि आइजीबाट बिदा हुने बेला धेरैले महानिर्देशक (डिजी) बन्ने प्रयत्न र्छन् । ३० वर्षे उमेर हद हटाउने कुरा चल्छ । सेनामा पनि त्यस्तै हो । यसभन्दा अगाडि भिक्टर राणा, पवनबहादुर पाँडे, नेपालभूषण चन्दहरूको पालामा पनि बहालवाला प्रमुख रिटायर्ड भएपछि आफू त्यो ठाउँमा उक्लन अनेक चलखेल भए । …