चोक कांग्रेसको, तोक कामरेडको
‘म ७०, तपाईं पनि ७० । अब दुबैले छोडौँ’, बैठकको शुरु दिन यसो भनेका उनै रामचन्द्र पौडेलले अस्ति सोमबार समापनमा भने, ‘सभापतिजीलाई प्रधानमन्त्री छाड्नुस् त कसरी भनौँ, बरु पार्टी सभापति चलाउन अरु साथीहरु तयार हुनुहुन्छ, मैँ पनि छु ।’
दोस्रो चरणको निर्वाचनसम्म पुग्दा टिकट वितरणमा मनोमानी, घात र अन्तर्घातको चोट बोकेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा रामचन्द्रले भने, ‘नेतृत्व समझदारीमा चल्नुपर्छ । रहर गरेर पार्टी चल्दैन । दुःख गरेर मात्रै …