सिमाना अझै देखिएन, गाड्न सुर
भारतले पूर्व लिखित प्रतिबद्धताविपरित नेपाल पक्षलाई घाटा पुग्नेगरी सीमामा फेरी अर्को अर्घेल्याइँ गरेको छ । नेपाल र भारतबीच १८८० किलोमिटर प्रष्ट रूपले सीमांकन नभएसम्म सानातिना विवाद झिकेर कमजोरमाथि दमन गर्ने क्रमको अन्त्य नहुने प्रष्ट छ ।
सन् १९८१ देखि रोकिएको सीमांकनसम्बन्धी संयुक्त बैठक २००७ बाट फेरी शुरु भएको हो । यसबीचका अध्ययन र निश्कर्षबाट कतिपय विवादित क्षेत्रमा सीमांकनको लिखित विवरण तयार गरियो । लामो अध्ययन, विश्लेषण र खोजबाट निकालिएको निचोडलाई कार्यरूपमा उतार्ने…