बाधक बन्दै असंख्य बागी
इलामका चार नगरपालिकासहित १० स्थानीय तहका लागि १६ सय १ जनाले मनोनयन दर्ता गराएका छन् । मनोनयन भइरहँदा इलाम कांग्रेसमा भने बागी उम्मेदवारको पिरलो थपिएको छ । सदरमुकामको नगरपालिकामै कांग्रेसका दुई जना बागी उम्मेदवार छन् ।
उपप्रमुखमा ज्योतिमाला प्रधान र वडा नम्बर–७ मा बागी उठेका छन् । यसरी नै चुलाचुली गाउँपालिकाको अध्यक्षमा अनुप अधिकारी बागी बनेका छन् । यसरी नै सबैभन्दा ठूलो नगरपालिका सूर्योदय वडा नं. १० मा पनि कांग्रेसबाट बागी उम्मेदवार छन् । यहाँ डम्बरबहादुर प्रधान…