ठग विदेशतिर ठमठम
ठग्नेले अब विदेश बस्नेलाई पनि बाँकी नराख्ने भए ! यस्तै गरेका छन्, गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए युके) का युवा संयोजक हरि आचार्यले । उनले वर्क परमिट निकालिदिने लोभ देखाएर बेलायतमा रहेका कैयौं नेपाली विद्यार्थीका झण्डै ५० हजार पाउण्ड (करिब ६५ लाख रुपैयाँ) ठगेको उजुरी एनआरएनए युकेसम्म पुगेको छ ।
एनआरएनए युकेका यी युवा संयोजकविरुद्ध दिनप्रतिदिन सर्वसाधारणको उजुरी परेपछि नेतृत्वले उनलाई पटक–पटक सचेत गराउँदा पनि गुमनाम छन् । युवा संयोजकको जिम्मेवारीलगत्तै आ…