निर्वाचनमा उधारो खाएकाहरुबीच पोलापोल
नेकपा एमाले निकट अखिलका केही विद्यार्थी नेतामाथि लाखौँ रुपैयाँ उधारो खाएर अहिले बेपत्ता भएको आरोप छ । छ महिना बितिसक्दासमेत होटलमा खाएको बिल चुक्ता नगरेका उनीहरु त्यसपछि होटलमा एक पटक पनि देखा नपरेको बताइन्छ । घटना गत वर्षको स्ववियु निर्वाचनताकाको हो ।
चैत ५ गते त्रिभुवन विश्वविद्यालयले आफ्ना आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसमा निर्वाचन गराएको थियो । राजधानीको मीनभवनस्थित नेपाल कमर्श क्याम्पसमा तोकिएकै दिन मतदान भयो । १६ वर्षपछि चुनाव जितेर एमालेनिकट अखिलले क्याम्पसमा …