नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । बैठकका लागि नेताहरु पार्टी अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित भाडामा लिइएको नयाँ निवास पुगेका हुन् ।
भदौ २३ को प्रदर्शन र २४ गतेको जेनजी विध्वंशपछि एमालेको पहिलो सचिवालय बैठक बसेको हो । बैठकमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीलगायतका नेता सहभागी छन् ।
बैठकस्थल वरपर व्यापक प्रहरी सुरक्षा दिइएको छ । पार्टी कार्यकर्ता पनि ठूलो संख्यामा गुन्डु वरपर बसेका छन् ।
