भारतीय जर्नेल सुटुक्क
स्याल कराउनु र बाख्रा हराउनु भन्ने नेपाली उखान मिलेको हो कि खास कुरा अर्कै हो भनेर खुट्याउन समय लागे पनि जेनजी आन्दोलनको आवरणमा निर्वाचित सत्तालाई उल्टाउन पश्चिमा र भारतीयहरू सफल भएको चर्चा चलिरहेकै बेला जेनजी आन्दोलनको अघिल्लो दिन भदौ २२ गते तद्नुसार ७ सेप्टेम्बरमा एयर इण्डियाको उडान नम्बर एआई २२१९ बाट दिउँसो ४ः२५ बजे भारतीय सेनाका २ तारे जर्नेल अश्विनी शर्मा नेपाल आएको भरपर्दो सूचना प्राप्त भएको छ । उनले लैनचौर दूतावासमा विभिन्न व्यक्तिसँग भेटघाट गरेको समेत बुझिएको छ ।
काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साह र ‘हामी नेपाल’का अध्यक्ष सुदन गुरुङ्गसँग रातिको समय पारेर एक घण्टा भेट भएको विशेष स्रोतको दाबी छ । उनले जो जोसँग भेटे, आन्दोलन सफल भएपछि तिनैले सत्तामा हालिमुहाली गर्ने अवसर पाएका छन् । उनी नयाँ प्रधानमन्त्री नबनुञ्जेलसम्म दूतावासमै बसेका थिए ।
हिमाञ्चल प्रदेश घर भएका शर्माले सि ९७६५६४३ नम्बरको पासपोर्ट बोकेर भिआइपी कक्ष प्रयोग गरेको स्रोत बताउँछ । ५८ वर्षीय शर्मा भदौ २६ गते तद्नुसार ११ सेप्टेम्बरका दिन एयर इण्डियाको उडान नम्बर २२२० द्वारा १७ः२० बजे सामान्य यात्रु बनेर दिल्ली फर्किएका थिए ।
(जनआस्था साप्ताहिकको असाेज ८ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू