कर्मचारीको मनोमानी रोक्न चन्द्रनगरका कार्यालयमा ई–हाजिरी
सर्लाहीको चन्द्रनगर गाउँपालिकाले आँउदो फागुन १ गतेबाट कर्मचारीका लागि ई–हाजिरी संचालनमा ल्याउने भएको छ । गाउँपालिकाअन्तर्गतका सम्पूर्ण कार्यालय र विद्यालयमा गाउँपालिकाले अनिवार्य ई–हाजिरीको व्यवस्था गर्न लागेको हो ।
केही कर्मचारी र शिक्षकहरु नियमित उपस्थित नहुने तथा आफूखुसी बिदामा बस्ने गुनासो बढेपछि ई–हाजिरीको व्यवस्था गर्न लागिएको गाउँपालिका अध्यक्ष राजकुमार महतोले बताए । पालिकाले सबै शाखा, वडा कार्यालय, स्वास्थ्य संस्था र सामुदायिक विद्यालयलाई प…