देउवाको सुविधाविरुद्धको रिटमा कारण देखाऊ आदेश
नेपाली काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई उक्त हैसियतमा प्राप्त हुने सुविधा नदिन माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले आज कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको छ ।
अधिवक्ता विमलप्रसाद पोखरेलले हिजो संसद् सचिवालयविरुद्ध रिट निवेदन दिएका थिए । रिटमा देउवालाई विपक्षी दलको नेताको सुविधा उपलब्ध नगराउन माग गर्दै संघीय संसद सचिवालयलाई विपक्षी बनाइएको थियो । सरकारलाई स…