समाचार

मोटरसाइकल दुर्घटनामा १९ वर्षे चालक बिते

भक्तपुरमा आज भएको मोटरसाइकल दुर्घटनामा १९ वर्षका चालकको निधन भएको छ । पलाँसेमा आज बिहान भएको दुर्घटनामा बनेपा–७ का आयुष न्यौपानेको ज्यान गएको हो ।   बिहान साढे ७ बजे लु. ८८ प ६२०८ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको २–००१ च ०४११ नम्बरको भ्यानले ठक्कर दिँदा न्यौपानेको मोटरसाइकल पल्टेको बताइन्छ । घाइते चालक न्यौपानेको मध्यपुर अस्पतालमा उपचारको क्रममा निधन भएको हो । न्यौपानेले उक्त मोटरसाइकल हालै किनेर गुडाएका थिए ।  

Page 1760 of 1986