सशस्त्रको २२ औं दिवसमा अचम्मको संयोग,मार्ने मान्य फरार,मर्ने आज बल्ल सम्मानित
सशस्त्र प्रहरी बल नेपालले आज आफ्नो स्थापनाको २२ औं वार्षिकोत्सव मनाउँदै छ । बलको मुख्यालय स्वयम्भू,हलचोकमा अपरान्ह ४ बजे विशेष कार्यक्रमको आयोजना गरिँदैछ । कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र विशेष अतिथि गृहमन्त्री रवि लामिछानेलाई बनाइएको छ ।
प्रधानमन्त्री कार्यक्रमस्थलमा सवा ४ बजे पुग्ने तालिका छ । तर, स्थापनाको २२ वर्षमा आइपुग्दा सशस्त्र र माओवादी अध्यक्ष प्रचण्डबीच अचम्मको संयोग मिल्न गएको छ । २०५२ फागुन १ गतेबाट सशस्त्र आन्दोलन थालेको माओवादीका गतिव…