डाक्टर रोक्न तलब बराबरको प्रोत्साहन भत्ता
गुल्मीमा अस्पतालमा कार्यरत डाक्टरलाई अन्यत्र जान नदिन नयाँ उपाय निकालिएको छ । रेसुङ्गा नगरपालिकाले तलब बराबरको प्रोत्साहन भत्ता दिने निर्णयपछि स्थानीय अस्पतालका डाक्टर अन्यत्र नजाने विश्वास लिएको छ ।
नगरपालिकाले नेपाल सरकारले उपलब्ध गराउने तलबबमोजिमको थप रकम प्रोत्साहन भत्ता वापत उपलब्ध गराउन थालेको बताइएको छ । पहाडी क्षेत्रका अस्पतालमा डाक्टरहरु लामो समय बस्न नमान्ने भएपछि नगरपालिकाले स्थानीयबासीलाई हाडजोर्नी विशेषज्ञ सेवा प्रदान गर्न सम्बन्धित डाक्टरलाई प्रोत्साहन भत्ता उपलब्ध गर…