निजी अस्पतालभन्दा सरकारी चर्को
दोलखाको सदरमुकाम चरिकोटमा रहेको जिल्लाकै ठूलो सरकारी अस्पताल ‘पशुपति चौलागाईं स्मृति अस्पताल’ ले निर्धारण गरेको उपचार शुल्कप्रति आपत्ति जनाइएको छ । अस्पताल सञ्चालनका लागि भन्दै हाल निर्धारण गरेको शुल्कप्रति स्थानीयसहित नागरिक अगुवा, उद्यमी र सञ्चारकर्मीहरुले विरोध जनाएका हुन् ।
निःशुल्क उपचार गर्दै आएको अस्पतालले स्रोत साधनको अभाव देखाउँदै सेवाग्राहीसंग चर्को शुल्क लिएपछि जिल्लाभरबाट विरोधको आवाज उठेको छ । प्रदेश सरकार मातहत रहेको यो अस्पतालमा…