चोर समात्नेलाई १० हजार पुरस्कार
प्यूठानको गौमुखी गाउँपालिकाले चोरी कार्यमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने स्थानीयलाई १० हजार रुपैयाँ नगद पुरस्कार दिने भएको छ ।
चोरी कार्यमा संलग्न व्यक्तिलाई पक्राउ गरी शान्तिसुरक्षामा सहयोग गर्ने स्थानीयलाई गाउँपालिकाले १० हजार नगद पुरस्कार दिन लागेको हो ।
गाउँपालिकाले आज सूचना जारी गर्दै समाजमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न सहजिकरणका लागि गाउँटोलमा गठन भएका विभिन्न सामाजिक संघसंस्था–समूहहरुलाई नागरिकस्तरबाट आवश्यक सहयोग गरिदिन आग्रह गरेको छ । …