वामपन्थी मिल्दा पनि सर्वोच्च बारमा काङ्ग्रेस बिजयी
सर्वोच्च अदालत बार एसोसिएसनको आज सम्पन्न निर्वाचनको परिणाम आएको छ । ३४ औं कार्यसमितिको निर्वाचनबाट वरिष्ठ अधिवक्ता हरिशंकर निरौला अध्यक्षमा चुनिएका छन् । उनले वाम प्यानलका प्रतिस्पर्धी तुलसी भट्टभन्दा १४ मत बढी ल्याएका हुन् । निरौलाले २८९ र भट्टले २७५ मत प्राप्त गरेका छन् ।
त्यसैगरी उपाध्यक्षमा जगदिशचन्द्र पाण्डे ३०५, सचिवमा श्यामकुमार खत्री ३०६, सहसचिवमा सुजन लोप्चन ३०४ र कोषाध्यक्षमा कपिल चन्द्र पोखरेलले २७४ मत पाएर विजयी भएका हुन् । महिला सदस्यमा सिर्जना कँडेलले २७२ मत पाए…